१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २२:o५:oo
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मनहरीको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पूर्वाधारमा जोड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o५:oo

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पूर्वाधारलाई जोड दिँदै मकवानपुरको मनहरी गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८१८२ का लागि नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको राजधानी हेटौँडासँग जोडिएर पनि पछि परेको अवस्थमा शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

उनले शिक्षकहरु शिक्षा क्षेत्रको मेरुदण्डका रुपमा रहेको उल्लेख गर्दै उनीहरुको सर्वांगिण विकासलाई नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । पालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेशागत र व्यक्तिगत क्षमता अभिवृद्धि, पुरस्कार तथा प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ ।

यस्तै, नीति तथा कार्यक्रममा विद्यार्थीको सहजताका लागि प्राथमिकताको आधारमा क्रमशः विद्यालय बसको प्रवन्ध, विद्यार्थी लक्षित गरिबसँग विशेश्वर छात्रवृति र दशजोड दुईसम्म निःशुल्क शिक्षा कार्यान्वयनका लागि सबै विद्यालयमा दीगो आम्दानीको स्रोत खोजिने भएको छ । 

स्वास्थ्यतर्फ जेष्ठ नागरिक तथा असहाय वर्गको स्वास्थ्य जाँच तथा उपचारका लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन, मनहरी अस्पतालमा ओपिडी सेवा विस्तारलाई निरन्तरता दिई सेवामा वृद्धि, हाँडीखोला स्वास्थचौकीमा छुट्टै बर्थिङ सेन्टर निर्माण गर्नुका साथै मेडिकल अफिसर डाक्टरको व्यवस्थापन मिलाइने भएको छ । बजेट तथा नीति कार्यक्रमले नसमेटिएका योजनालाई सम्बोधन गर्नका लागि अध्यक्ष, उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

पूर्वाधारको क्षेत्रमा पालिकाकै गौरवको योजनाको रुपमा साविक हाँडीखोला क्षेत्रमा अघि बढाइएका ५ वटा मध्ये ३ वटा उद्घाटन भैसकेको जानकारी दिँदै दुईवटा चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने र चकरी–लामिटार सडक पूर्ण कालोपत्रेसहित निर्माण र स्तरीकरण गर्न प्राथमिकता दिइने बताइएको छ । 

नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागी किसानलाई आवश्यक यन्त्र उपकरण आफैं रोजेर किन्न पाउने सुविधा प्रदान गरिने उल्लेख गरिएको छ ।

यस्तै, कृषि उत्पादनको बजार सुनिश्चितताका लागि सरोकारवाला निकायहरुसँग प्रत्यक्ष समन्वय गर्ने र मुख्य बालीको न्यूनतम समर्थन मूल्य तोकिने उल्लेख छ । 

संघ तथा प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाको पहल गरिने, गाउँपालिकाभित्र सञ्चालन हुने ठूला विकास निर्माणका आयोजनामा कम्तीमा २० प्रतिशत जनशक्ति अनिवार्य पालिकामा बसोबास गर्ने स्थायी बासन्दिाबाट लगाउनुपर्ने व्यवस्था गरिने भएको छ । 

नेपाल सरकारबाट मनहरी ९ स्थित हरियाली सामूदायिक वन क्षेत्रभित्रको जग्गा पालिकाको केन्द्रीय प्रशासनिक भवन बनाउन भोगाधिकार प्राप्त भैसकेकोले तत्काल ठेक्का बन्दोबस्ती मिलाएर भवन निर्माण कार्य थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, ४ नम्बर वडाको भवन निर्माण प्रकृया सुरु गर्नुका साथै जीर्ण अवस्थामा रहेको ३ नम्बर वडाको भवन निर्माणको लागि समेत बजेटको व्यवस्था गरिने भएको छ । 

खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । युवाहरुमाझ लोकप्रिय खेलको रुपमा रहेको फुटबलको विकासका लागी एकेडेमी सञ्चालन गर्ने तयारी गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षको लागि प्रश्तुत नीति तथा कार्यक्रममा फुटबल एकेडेमी सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । यसका लागि आगामी १० गते बजेट समेत विनियोजन गरिने भएको छ । यसबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

गाउँपालिका अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबललाई निरन्तरता दिनुका साथै क्रिकेट, ब्याड्मिन्टन, टेबल टेनिस लगायतका खेलमा रुची भएका युवाहरुलाई समेट्दै पालिकाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । 

यस्तै, राष्ट्रियस्तरको जुनसुकै खेलकुदमा ख्याति कमाउन सफल हुने मनहरीका खेलाडीलाई उचित सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।

खेलकुद विकास समितिलाई सक्रिय बनाएर खेलकुदका विभिन्न गतिविधि सञ्चालन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।