१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Monday, 12 May, 2025
२o८१ जेठ ३१ बिहीबार १३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १३:२३:oo

भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी आजदेखि बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सीधा जोड्ने षडानन्द नगरपालिका– ६ र खाँदबारी नगरपालिका– ९ सतीघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको हो। षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ। फेरीले एकैपटकमा चारवटासम्म साना सवारीसाधन तार्ने गरेको छ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षातकाे समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए।

संघीय सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख र नगरपालिकाको रु. ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक एक सयभन्दा बढी साना–ठूला सवारीसाधन तार्ने गरिएको छ। रासस