१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o५:oo

मनाङको मनाङ ङिस्याङ गाउँपालिका– ८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावमा) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिका– ५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।  

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको छ। रासस