Skip This
साथीको पासपोर्ट चोरेर एक युवती जापानबाट नेपाल आएको खुलासा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Sunday, 21 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३१ बिहीबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साथीको पासपोर्ट चोरेर एक युवती जापानबाट नेपाल आएको खुलासा

जापान र नेपालको अध्यागमनमा कमजोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार o९:३६:oo

राहदानीसम्बन्धी कसुर मुद्दामा युवतीलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला

अध्ययनका लागि जापान पुगेकी एक युवती साथीको पासपोर्ट चोरेर नेपाल फर्किएकी छिन् । नेपालगन्ज घर भएकी मिरा श्रेष्ठ साथीको पासपोर्ट लिएर नेपाल आएकी हुन् । उनलाई प्रहरीले पक्राउ गरी राहदानीसम्बन्धी मुद्दा चलाएको छ ।

नियमित कलेज जान नसक्दा आफ्नो भिसा रद्द भएपछि साथीको पासपोर्ट लिएर नेपाल आएको उनले बयानमा बताएकी छिन् । श्रेष्ठले अर्काको पासपोर्ट प्रयोग गर्दा पनि जापान र नेपाल दुवै देशका अध्यागमनले पत्ता लगाउन सकेकन् । उनी सहजै दुवै विमानस्थलबाट पास भएकी थिइन् । 

प्रहरीका अनुसार उनी विद्यार्थी भिसामा चार वर्षअघि जापान गएकी थिइन् । दुईवर्षे जापनिज भाषाको कोर्स पूरा गरेपछि जापान युनिभर्सिटी अफ इकोनोमिक्समा चारवर्षे स्नातकका लागि भर्ना भएकी थिइन् । तर, एक हप्ता कलेज नगएपछि कलेजले अध्यागमनलाई पत्राचार गरी उनको भिसा रद्द गरेको थियो ।

त्यसपछि उनी साथीको डेरामा गएर बसेकी थिइन् । साथी नभएको वेला उनकै पासपोर्टबाट टिकट काटी सोही पासपोर्टमा गत ७ जेठमा उनी नेपाल आएकी हुन् । नेपाल आएपछि उनी बुद्धनगरस्थित साथीको डेरामा बसेकोमा त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो ।  नेपाल आएपछि उनले पासपोर्ट  च्यातेकी थिइन् । 

पीडित युवतीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । अदालतले मुद्दा दायर गरेलगत्तै फैसला गरेको छ । राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला भएको नयाँ बानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताए ।