Skip This
नौ महिनामा छ्याङदी हाइड्रोको साढे ६ करोड कारोबार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ १७ बिहीबार o७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा छ्याङदी हाइड्रोको साढे ६ करोड कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o७:१४:oo

लमजुङको छ्याङदीखोलामा सञ्चालनमा रहेको छ्याङदी हाइड्रोपावरले नौ महिनामा साढे ६ करोड कारोबार गरेको छ । सन् २००७ को सेप्टेम्बरमा सुरु भएको छ्याङदी हाइड्रोपावर लिमिटेडले लमजुङमा २ मेगावाटको छ्याङदी खोला र ४ मेगावाटको उपल्लो छ्याङदी खोला दुई परियोजना सञ्चालन गर्दै आएको छ । 

छ्याङ्दी हाइड्रोपावरले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ६ करोड ३० लाखको कारोबार गरेको छ । यस्तै, गत वर्ष यस कम्पनीले ९ करोड ९० लाखको कारोबार गरेको थियो । सन् २०२२ मा हाइड्रोले ७ करोड ८० लाखको कारोबार गरेको थियो भने सन् २०२१ मा ४ करोड ८० लाखको मात्रै कारोबार गरेको थियो ।

सन् २०२० मा छ्याङदीले ५ करोड ७० लाख कारोबार गरेको छ्याङदीले सन् २०१९ मा ५ करोड १० लाखको कारोबार गरेको थियो । कम्पनीले ८७ करोड ४९ लाख ८० हजारको रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाका लागि ८४ करोड ४९ लाख ८० हजार र अल्पकालीन कर्जाका लागि ३ करोडको रेटिङ गराएको कम्पनीले उल्लेख गरेको छ ।

छ्याङदी खोलाको २ मेगावाटको परियोजना सन् २०१६ मा सञ्चालनमा आएको थियो । यो परियोजना ४४ करोड ३० लाखको लागतमा सम्पन्न भएको हो । जसमा ५९ प्रतिशत ऋणबाट वित्तपोषित गरिएको थियो । यो परियोजना रन अफ दी रिभरको ढाँचामा सञ्चालित छ । यस्तै ४ मेगावाटको उपल्लो छ्याङदीको परियोजना सन् २०२१ मा सञ्चालनमा आएको थियो । रन अफ दी रिभरकै ढाँचाको यो परियोजना निर्माणका लागि ९० करोड ६० लाख लागत लागेको थियो ।