Skip This
बजेटबाट सन्तुष्ट भएनन् लगानीकर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:३४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटबाट सन्तुष्ट भएनन् लगानीकर्ता

बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:३४:oo

मौद्रिक नीतिको समीक्षा र ब्रोकर कमिसन कटौटीको बलमा उकासिएको सेयरबजार लगानीकर्ता मंगलबारको बजेटबाट सन्तुष्ट नभएको देखिएको छ । ४ जेठमा सार्वजनिक मौद्रिक नीतिको समीक्षा र १० प्रतिशतका दरले ब्रोकर कमिसन घटेसँगै सकारात्मक बनिरहेको सेयरबजारमा राष्ट्र बैंंकले तेस्रो मौद्रिक नीतिको समीक्षाले नेप्से सूचक दुई हजार विन्दुको मनोवैज्ञानिक विन्दुलाई तोडेर दुई हजार एक सय विन्दुमा पुगेको थियो । तर, मंगलबार बजेट सार्वजनिक भएपछि बुधबार खुलेको बजार पुनः दुई हजार विन्दुमै झरेको छ । बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा आइपुगेको हो । 

लगानीकर्ताले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर संशोधन गर्न माग गर्दै आएका थिए । उनीहरूले अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरूको हकमा ३ प्रतिशत पुँजीगत लाभकर हुनुपर्ने माग राखेका थिए । तर, बजेटले लगानीकर्ताको माग सम्बोधन गरेन । अर्थमन्त्री वर्षमान पुनले पदभार गरेको केही दिनमै पुँजीबजारको समस्या समाधान गर्ने चासो देखाएका थिए । उनले धितोपत्र बोर्ड, नेप्से र सिडिएसी एन्ड क्लियरिङ लिमिटेडसँग सुधारसहितको समस्या पेस गर्न निर्देशन दिएका थिए । 

न्यु स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले पुँजीबजारकै लागि भनेर सम्बोधन नगरेको भए पनि नेप्से पुनर्संरचना गर्नेजस्ता कुराले दीर्घकालीन हित हुने बताए । उनले भने, ‘क्षणिकमा हेर्दा बजेटमा पुँजीबजारमा केही देखिन्न, तर, दीर्घकालीन रणनीतिलाई हेर्ने हो भने सकारात्मक नै मान्नुपर्छ ।’ 

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय १४ कम्पनीको एक करोड सात लाख कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । 

कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा सिइडिबी हाइड्रोपावर कम्पनीको १९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । सर्वोत्तम सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको १० करोड देखि १४ करोड १० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।