मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १२:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आठौँ  प्रधानमन्त्री कप भलिबलको खेल–तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १२:५६:oo

नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल–तालिका आज सार्वजनिक भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। 

प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस्  क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब छन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन्।

यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बुढानीलकण्ठ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुनेछन्।

साथै, पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्टस्, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ। यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्यु डायमन्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।