मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटले आशा जगाउन सकेन : राप्रपा अध्यक्ष लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटले जनतामा आशा जगाउन नसकेको प्रतिक्रिया दिएका छन्।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘बजेट आउनु थियो, आयो। कुनै नयाँ छैन,’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,  ‘सधैँझैँ अनुमान, अनुदान र ऋणमा आधारित बजेट आएको छ। कुनै पनि प्रकारको नयाँ आशा जगाउन सकेको छैन।’

उनले बजेट कार्यान्वयन हुन नसक्ने र पुनः संशोधन हुने जिकिर गरे। उनले सीता दाहाल नेचुरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम मात्र नयाँ आएको प्रतिक्रिया दिए।