Read Time : < 1 मिनेट
२o८१ जेठ ९ बुधबार १७:o२:oo
सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगलागी भएको छ। आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
प्रहरीका अनुसार कलंकी चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका हुन्। कलंकी चोकबाट बसपार्कतर्फ मोडिन लागेको प्रदेश १–०२–०४३ प ६२५३ नं. को पल्सर बाइकलाई पछाडिबाट प्रदेश १–०४–००१ प ८७७६ को मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनापश्चात् आगलागी हुँदा पल्सर बाइक जलेर पूर्ण रूपमा नष्ट भएको छ भने चालकहरू सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।