Skip This
क्याम्पस प्रमुखको हत्याविरुद्ध प्रदर्शन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार १ शनिबार
  • Tuesday, 11 August, 2026
२o८१ असार १ शनिबार १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्याम्पस प्रमुखको हत्याविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार १४:o९:oo

बाराको आदर्श कोतवाल गाउँपालिका– ३ मा अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखको शुक्रबार साँझ हत्या भएको छ। 

खजुरिया टोल बस्ने ५० वर्षीय हरिभूषण कुशवाहाको हत्याविरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाराअगाडि शनिबार मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै नाराबाजी गरेका छन्। 

हत्या आरोपमा सातजना पक्राउ

यसैबीच, क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले गएरातिबाट हालसम्ममा सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।  

शुक्रबार साँझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँ पालिका–३ बातरा हुँदै मोटरसाइकलमा कलैया जाने क्रममा अज्ञात समूहले पछाडिबाट गोली हानी प्रहार गरेकाे थियो। 

गोली प्रहारबाट गम्भीर घाइतेका कुशवाहालाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लगिएको थियो। उपचारका क्रममा उनको शुक्रबार राति निधन भएको थियो। 

यसअघि गत वर्ष १३ कात्तिकमा बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको पनि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो।