१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १ शनिबार
  • Wednesday, 18 June, 2025
हदिश खुद्दार/इन्दीप कोइराला जनकपुरधाम/बारा
२o८१ असार १ शनिबार २१:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मधेशले ल्यायाे ४३ अर्ब ८९ करोडकाे बजेट

Read Time : < 1 मिनेट
हदिश खुद्दार/इन्दीप कोइराला जनकपुरधाम/बारा
नयाँ पत्रिका जनकपुरधाम/बारा
२o८१ असार १ शनिबार २१:११:oo

मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारकाे बजेट ल्याएकाे छ। 

जसमा चालूतर्फ १६ अर्ब ७ लाख र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख विनियाेजन गरिएकाे छ। मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको वार्षिक आय-व्यय विवरणमा चालूतर्फ १६ अर्ब सात लाख एक हजार अर्थात् ३६.४५ प्रतिशत रकम विनियोजन गरेका हुन्। 

तयारी नपुगेकाे भन्दै निर्धारित समयभन्दा केही ढिला गरी प्रदेश सभामा बजेट प्रस्तुत गरिएकाे छ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख, नेपाल सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त १३ अर्ब ६० करोड १९ लाख र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ८९ करोड ९३ लाख, विशेष अनुदान ३ अर्ब ५५ करोड ७८ लाख, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ७ अर्ब ८६ करोड २१ लाख ७० हजार रुपैयाँ छ। 

मधेश प्रदेश सरकारले यसअघि आर्थिक वर्ष ०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।