प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा सहकारीको समग्र छानबिन गर्ने गरी संसदीय समिति बन्ने र सदन अगाडि बढ्ने ब्रिफिङ गरेका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सदन चल्छ। सहकारीमा समग्रतामा छानबिन गर्ने गरी संसदीय समिति बन्छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुहुन्छ। सदन चलाउन कांग्रेस लचिलो छ। सकारात्मक वातावरणमा अब सदन अगाडि बढ्छ।’
आज बिहानकाे छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरा गरेपछि कांग्रेस सदन चलाउन र गृहमन्त्रीलाई बोल्न दिन तयार भएको हाे।