कञ्चनपुरको बेलौरीमा एक युवकले ढुंगा प्रहार गरी पूर्वशिक्षकको हत्या गरेका छन् । बेलौरी नगरपालिका– ६ विद्यानगरका स्थानीयसमेत रहेका पूर्वशिक्षक लच्छी चन्दको हत्या गरेका हुन् ।
बैतडीका युवक ३५ वर्षीय महेश भण्डारीले ६५ वर्षीय महाकाली माविका पूर्वशिक्षक चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बुधबार साँझ मदिराले लठ्ठ भएका भण्डारीसँग विवाद हुँदा चन्दमाथि ढुंगा प्रहार गरेको बताए ।
भण्डारीले ढुंगा प्रहार गर्दा घाइते भएका शिक्षकको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकका आफन्तले दोषीमाथि कानुनी कारबाहीको माग अघि सारेका छन् । भण्डारी बिहीबार बिहान पक्राउ परेका छन् ।