१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको शीर्ष दशमा

दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा स्थान बनाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o१:oo

दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा स्थान बनाएका छन् । बुधबार आइसिसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्रले १६९ अंक प्राप्त गरेका छन् । वरीयताको शीर्ष स्थानमा बंगलादेशका साकिब अल हसन कायम छन् । उनले २२८ अंक प्राप्त गरेका हुन् । श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र अफगानिस्तानका मोहम्मद नाबी तेस्रो स्थानमा छन् । 

नेपालका कुशल मल्ल ३२औँ र गुल्सन झा ६०औँ स्थानमा यथावत् छन् । कप्तान रोहितकुमार पौडेल एक स्थान गुमाउँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थान छन् । बलिङतर्फ नेपालका सोमपाल कामी ९२औँ स्थानमा यथावत् छन् । उनी शीर्ष सयभित्र अटाउने एक्ला नेपाली बलर हुन् । बलिङ वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद यथावत् छन् ।

त्यस्तै, ब्याटिङतर्फ दीपेन्द्र ५०औँ स्थानमा यथावत् छन् । कप्तान रोहित एक स्थान तल झर्दै ६१औँ स्थानमा पुगेका छन् । आसिफ शेख पनि एक स्थान तल झर्दै ८७औँ स्थानमा पुगेका छन् । वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन् । नेपाल टी–२० अन्तर्राष्ट्रिय वरीयताको १७औँ स्थानमा छ ।

नेपाल एक स्थान  तल झरेको हो । भातर २६४ रेटिङका साथ शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया दोस्रो स्थानमा उक्लिदा इंग्ल्यान्ड तेस्रो स्थानमा झरेको छ । दक्षिण अफ्रिकाले दूई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लियो । न्युजिल्यान्ड पाँचौ, वेष्ट इन्डिज छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौं स्थानमा छन् ।