१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
२o८१ जेठ ३ बिहीबार o८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा हेटौँडाका शिक्षासेवी मुडभरीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२१:oo

मकवानपुरको बागमती गाउँपालिकामा भएको सवारी दुर्घटनामा हेटौँडाका शिक्षासेवी केशव मुडभरीको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार हेटौँडा– १३ का ४५ वर्षीय मुडभरीको बागमती ४ सादेपुलमा बुधबार राति भएको दुर्घटनामा  मृत्यु भएको हो ।

मकवानपुरको फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना.६६प ९३०३ नम्बरको मुडभरीले चलाएको स्कुटर ना.७त २२५९ नम्बरको रड बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौँडा अस्पतालमा निधन भएको हो । धरान–चतारा सडकखण्डमा स्कुटर दुर्घटना भएको खबर पाएपछि प्रहरी चौकी झुरझुरेबाट गएको प्रहरीले घाइते मुडभरीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो ।  

इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट तीन किलाेमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्री सडकखण्डमा रड बोकेको ट्याक्टर रोकिराखेको अवस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटरचालक ठोक्किएर दुर्घटना भएको आशंकामा  ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका सिन्धुली कमलामाई नगरपालिका– ९ भिमान बस्ने ४१ वर्षीय ट्याक्टरचालक र साहु खड्कबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। हेटौँडा– १३ पदमपोखरी घर भएका मुडभरी विद्यालय सञ्चालक, स्टेसनरी र ग्यास व्यवसायका अतिरिक्त सामाजिक सेवामा समेत क्रियाशील रहँदै आएका थिए।