१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्यान्टु पेरिस ओलम्पिकमा  छनोट 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को  लागि छनोट भएका छन्। 

बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरुषतर्फ फाइनलमा संयोक कपालीलाई ४-३ को सेटमा हराउँदै स्यान्टु ओलम्पिकलाई छनोट भएका हुन्। 

यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सीधै ओलम्पिकमा छनोट भएका थिए।

नेपालले फाइनलसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी स्यान्टु पाएको छ। टेबल टेनिस इतिहासमा नेपाल पहिलोपटक ओलम्पिकमा छनोट भएको हो। 

 यसअघि सेमिफाइनलमा श्रीलंकन खेलाडीलाई हराउँदै संयोक कपाली र स्यान्टु श्रेष्ठले फाइनलमा स्थान बनाएका हुन्।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलीले सीधै ओलम्पिकमा स्थान बनाइन्। फतिमा माल्दिभ्सको टेबल टेनिस इतिहासमा पहिलोपटक ओलम्पिकमा स्थान बनाउने खेलाडी हुन्।