Skip This
जापानी विदेशमन्त्री आउँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जापानी विदेशमन्त्री आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:१६:oo

जापानका विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनले दक्षिण एसियामा श्रीलंका र नेपाल भ्रमण गर्न लागेकी हुन् । त्यसअघि उनले माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्सको भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘परराष्ट्रमन्त्रीको भ्रमण हुँदै छ,’ जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने । भ्रमण तयारीका लागि राजदूत सुवेदी पनि आइतबार काठमाडौं आइपुग्दै छन् । जापानकी परराष्ट्रमन्त्री २४ वैशाखमा स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पाँच वर्षअघि जापानका परराष्ट्रमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए । त्यसपछि उच्चस्तरमा पहिलोपटक यो भ्रमण हुन लागेको हो ।

जापानी परराष्ट्रमन्त्रीले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति रामचन्द्र पौेडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

 

ad
ad