१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेम्बर अफ कमर्सका २४ समितिको नेतृत्व चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिको नेतृत्व चयन भएको छ । चेम्बरअन्तर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपत् व्यवस्थापन परिषद्को सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा चयन भएका छन् भने महिला सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषद्को सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठ चयन भएका हुन् । 

यस्तै, उपाध्यक्षहरू सुरेन्द्रकुमार श्रेष्ठ वस्तुगत समन्वय परिषद्, नीलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषद्को सभापति बन्नुभएको हो । मानार्थ उपाध्यक्ष अर्जुनप्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।

उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वयमा देवेन्द्रभक्त श्रेष्ठ, राजस्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लब तथा मर्मत सम्भारमा राजारत्न तुलाधर, मेला समितिमा राष्ट्रभूषण चाकुबजी, कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिमा सभापतिमा भीमलाल पौडेललगायतका समिति चयन भएका छन् ।