मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पर्यटन विकासका लागि उद्योगी व्यवसायीसँग सहकार्य : मुख्यमन्त्री यादव  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकार पर्यटन क्षेत्रको विकास गर्न उद्योगी व्यवसायीसँग सहकार्यका लागि तयार रहेको बताएका छन्।

सोमबार लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको समापन गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा रहेका विभिन्न धार्मिक पर्यटकीय सम्पदाको विकास गरी पर्यटक भित्र्याएर आर्थिक समृद्धिका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

‘प्रदेश सरकारले सिँचाइ, स्वास्थ्य र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘त्यसमध्ये शिक्षा र स्वास्थ्यमा प्रदेश सरकारले पनि काम गरिरहेको छ। तर, पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्यले बढी काम गर्न सकिन्छ।’
 
सुविधा सम्पन्न अस्पताल र नदी नियन्त्रणको प्रतिबद्धता
प्रदेशको मुख्यमन्त्री निर्वाचित भएको दुई हप्तामै आफूले लहानस्थित प्रादेशिक अस्पतालका दाता परिवारको सम्मान गर्दै दाताहरूको समेत नाम राखेर अस्पतालको नामकरण गराएको स्मरण गराउँदै यादवले दाता परिवारको नाममा रहेको एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा ल्याउन आग्रह गरे।

‘अस्पतालको नाममा जग्गा आएपछि प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटमा मधेश प्रदेशकै सुविधासम्पन्न अस्पताल निर्माणका लागि बजेट छुट्याउँछ,’ उनले भने, ‘त्यसका साथै बलान नदी नियन्त्रणलाई पनि प्रदेश सरकारले बजेट विनियोजनसहित उच्च प्राथमिकतामा राखेको छ।’

संघीयता कायम गराउन मुख्य भूमिका रहेको लहानलाई आफूहरूले सपनामा पनि नबिर्सिने उल्लेख गर्नुका साथै यादवले लहानमा सहिद स्मारक निर्माणका लागि छुट्याइएको तीन करोड बजेटबाट जग्गा खरिद गरेको जानकारी दिँदै डिपिआर बनाउन आगामी बजेटमा २५ करोड छुट्याउने आश्वासन दिए।

साथै, प्रदेशमा बढ्दो आगलागीका घटना नियन्त्रणका लागि सघाउन प्रदेशका स्थानीय तहलाई दिने गरी दुई थान बारुणयन्त्र खरिद प्रक्रिया थालिसकेको उनले जानकारी दिए।