मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १० सोमबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १० सोमबार १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वयम्भू, पशुपतिनाथ र बौद्धपरिसरमा सरसफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १० सोमबार १६:२९:oo

विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौंका पुरातात्विक सम्पदा क्षेत्रमा सरसफाइ गरिएको छ।

युनिभर्सल पिस सेन्चुरीमार्फत विभिन्न संघसंस्थाको सहकार्यमा शनिबार स्वयम्भू, आइतबार पशुपतिनाथ र सोमबार बौद्धनाथ क्षेत्रमा सरसफाइ गरिएको हो। तीन दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाइ गरिएको थियो।

सरसफाइ अभियानका समन्वयकर्ता नवीन महर्जनका अनुसार तीनवटा क्षेत्रबाट तीन गाडी फोहोर संकलन भएको छ। संकलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ। कुहिने फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ।

सरसफाइमा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, युनिभर्सल पिस सेन्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछेलगायतले सहभागिता जनाएका थिए। हरेक वर्ष २२ अप्रिलमा विश्व पृथ्वी दिवस मनाइन्छ। यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लास्टिक’ राखिएको छ।