मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगामा आगलागी, १२ लाखबराबरको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

कपिलवस्तुको वाणगंगामा आगलागी हुँदा करिब १२ लाखबराबरको क्षति भएको छ। 

सोमबार बिहान करिब पौने १० बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको हो। वाणगंगा- ८ पुल्चोकको खड्क कलौनीमा आगलागी भएको हो। आगलागीबाट एउटा बंगुर फर्म जलेर नष्ट भएको छ।

त्यस्तै, तीनवटा टहरा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय दिलबहादुर थापाका ६ वटा माउ बंगुर र तीनवटा बंगुरका बच्चा मरेका छन्। बंगुर फर्ममा लागेको आगोका कारण साना–ठूला गरी करिब नाैवटा बंगुर मर्दा करिब आठ लाखबराबरको क्षति भएको छ।

यस्तै, केशवबहादुर थापा, दुधबहादुर चौधरी र बालकुमारी सुनारको घर जल्दा एक लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजंग रायमाझीले बताएका छन्।

केही घण्टापछि वाणगंगा, कपिलवस्तु र शिवराज नगरपालिकाको तीनवटा दमकल, एउटा ट्यांकर, जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा आएको थियो।