मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
Invalid date format o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘कतारका शेखसँग विपिन रिहाइको पहलका लागि विशेष अनुरोध गर्छाैँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनी विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि कतारका राजा अमिर शेख तमिन बिन हमाल अलथानीसँग विशेष अनुरोध गर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले कतारका राजा मंगलबार नेपाल आउँदा विपिनको रिहाइको पहल मुख्य एजेन्डा बनाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले कुवेतको एक टेलिभिजनमा आफूले अन्तर्वार्ता दिँदै विपिनकै विषयमा एजेन्डा अघि सारेको जानकारी दिए । 

प्यालेस्टाइनी विद्रोहीको कब्जामा रहेका विपिनलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको उनको भनाइ छ । ‘सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीले प्यालेस्टाइनी विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले निकै दुःखी तुल्याएको छ,’ उनले भने, ‘घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीको शव फिर्ता ल्याउन सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारुकतापूर्वक गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई विभिन्न विद्यार्थी संघसंगठनले विपिनको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।