१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नौ महिनामा उपत्यकामा साढे सात हजार दुर्घटना

नौ महिनाको अवधिमा काठमाडौं उपत्यकामा सात हजार चार सय ८३ दुर्घटना हुँदा एक सय २७ जनाले ज्यान गुमाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo

नौ महिनाको अवधिमा काठमाडौं उपत्यकामा सात हजार चार सय ८३ दुर्घटना हुँदा एक सय २७ जनाले ज्यान गुमाएका छन् । साउनदेखि चैतसम्मको ट्राफिक प्रहरीको तथ्यांकअनुसार यो अवधिमा दुई सय नौजना गम्भीर घाइते तथा ६ हजार दुई सय ४६ जना सामान्य घाइते भएका छन् । 

दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा घटेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्षको यही अवधिमा १० हजार ६ सय २७ दुर्घटना हुँदा एक सय ५० जनाले ज्यान गुमाएका थिए भने एक सय ८९ जना गम्भीर घाइते भएका थिए । ट्राफिक नियम पालनामा ट्राफिक प्रहरीको सक्रियताका कारण पनि दुर्घटना घटेको एसएसपी श्रेष्ठले बताए । ‘नियम पालनामा हामीले अझै धेरै कडाइ गरेका छौँ,’ उनले भने, ‘सिसिक्यामेरालगायत प्रविधिको समेत प्रयोग तथा सचेतना बढाएर सडकमा अनुशासन पालना गराउने ट्राफिक प्रहरीको प्रयास छ । 

यसैबीच, कीर्तिपुरको चोभारडाँडास्थित जंगलमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा तीन सशस्त्र प्रहरी र तीन नगर प्रहरी छन् । कीर्तिपुर नगरपालिका– ६, चोभार गेटस्थित जंगलमा भएको आगलागी निभाउने क्रममा काठमाडौँ महानगरपालिकाको दमकल शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

ad
ad