१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अंग्रेजलाई हराएको खुसियालीमा विजयोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५१:oo

नेपाल–अंग्रेज (इस्ट इन्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। विक्रम संवत् १८७१–७२ मा आधुनिक हातहतियारसहितको अंग्रेज फौजलाई युद्धकला र कौशलतासँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले विसं १८७२ वैशाख ७ गते पराजित गरेको थियो। त्यही खुसियालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ।

बुटवल उपमहानगरपालिकापरिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिरपरिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताए। उनले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको र यसको संरक्षण र प्रवर्द्धनमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताए।

उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्त्वपूर्ण सम्पदाको रूपमा प्रवर्द्धन गरिएको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न संघ सरकारसँग माग गरे। उनले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रूपमा स्थापित गर्न नगरले भरपुर प्रयास गरिरहेको बताए। उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रूपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्द्धनमा सबैको साथ जरुरी रहेको बताइन्।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवर्द्धन र प्रचारप्रसारमा तीव्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा जितगढी किल्लाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अध्येताहरू निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकारहरू महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डाक्टर विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर  सुदर्शन थापा, झपेन्द्र जिसी, कुलबहादुर केसी, क्याप्टेन किसनबहादुर थापा, गंगाबहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल, जमदार माधव पौडेललाई सम्मान गरिएको थियो।

ad
ad