१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्तोषी बनिन् ब्रान्ड एम्बासडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४७:oo

प्रथम बुढानीलकण्ठ नगरसिल्ड खेलकुद महोत्सवको आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाउने भएको छ । आयोजक बोर्डका संयोजक सुमन तामाङले सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको बताए ।

बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन् । संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताएका छन् । 

सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राखी सात दिनका लागि पाँच लाख रुपैयाँबराबरको बिमा गरिने उनले बताए । सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार प्रकट गरिन् । ‘खेलकुद महोत्सव खेलाडीका लागि आफ्नो कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह छ,’ श्रेष्ठले भनिन् ।

१५–१९ वैशाखसम्म हुने महोत्सवमा विभिन्न आठ खेल समावेश छन् । कराँते, तेक्वान्दो, मुवाँथाईं, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ । रेस्लिङ र केही परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ । खेलकुद महोत्सव वैशाख १९ गतेसम्म चल्नेछ ।

ad
ad