मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ७ शुक्रबार १७:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १७:५१:oo

बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनविनाको धन ठूलो कि धनविनाको मन’ बन्ने भएको छ।

बिहीबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका हुन्। पटकथा लेखन शिवम् अधिकारीको रहेको फिल्मलाई टंक बुढाथोकी र एनआरएन विनय अधिकारीले निर्माण गर्नेछन्।

अधिकारी पछिल्लो समय सांगीतिक क्षेत्रमा प्रवेश गर्न लागेका छन्। एउटा बालकले गरेको संघर्ष र त्यसले ल्याएको सकारात्मक सोचमा आधारित चलचित्रले समाजलाई नयाँ ढंगबाट सोच्न बाध्य बनाउने अधिकारीको भनाइ छ। उनले भने, ‘नेपाली समाजमा देखिएको सत्य कुरालाई फिल्ममार्फत प्रस्तुत गर्न लागेका हौँ। यसले नेपाली समाजको मन खिच्ने विश्वास छ।’

फिल्ममा अशोक स्वयंको समेत अभिनय रहने बताइएको छ। नायक र नायिकाको रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन मिति निधो हुने बताइएको छ। ०८१ सालभित्रै यसलाई प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ।

पाँच वर्षअघि रिलिज भएको हिट गीत ‘मनविनाको धन ठूलो कि’बाटै फिल्मको शीर्षक तय गरिएको हो। यही गीतको भावमा फिल्मको थिम तयार पारिएको छ।