
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा नेपालले पहिलो ओभरको पहिलो बलमै एक विकेट गुमाएको छ। पहिलो ओभरको पहिलो बलमै नेपालका ओपनर कुशल भूर्तेल आउट भएका छन्।
ओमानको अल अमरात क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपाल समूह ‘ए’ को बिजेताका रूपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।
समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो। नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो।
त्यसैगरी, युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो। आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।