१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इजरायल र हमासबीच वार्ता रोकिएको मध्यस्थकर्ताको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४४:oo

युद्धविराम र बन्धकको रिहाइका सम्बन्धमा इजरायल र हमासबीच हुन लागेको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताए । कतारी प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले एक पत्रकार सम्मेलनमा यो जानकारी गराएका थिए । ‘केही अवरोधका कारण वार्ता संवेदनशील चरणबाट गुज्रिरहेको छ ।

हामीले यो अवरोध हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ,’ अल–थानीले भने । कतार अमेरिका र इजिप्टसँग मिलेर गाजाका युद्धरत पक्षबीच युद्धविराम गराउन र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकको रिहाईका लागि निरन्तर वार्तामा छ ।

ad
ad