१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ बैशाख २० बिहीबार o८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा सात मन्त्रीले लिए शपथ, जिम्मेवारी पाएनन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५३:oo

मन्त्रिपरिषद् १२ सदस्यीय हुने

लुम्बिनी प्रदेशमा गठबन्धनमा आबद्ध दलहरूको चित्त बुझाउन मन्त्रालयको संख्या बढाउने तयारी भएको छ । हाल मन्त्रिपरिषद्को संख्या ११ सदस्यीय छ । माओवादीले मुख्यमन्त्रीबाहेक दुईवटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीबाट मुख्यमन्त्रीबाहेक एकजना मात्र नियुक्त भएकाले थप एकजना नियुक्त हुँदा मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ । 

माओवादीबाट सरकारमा सहभागी भएका दीपेन्द्रकुमार पुनमगरले पार्टीको आन्तरिक कारणले गर्दा मन्त्रिपरिषद्मा थपिने सदस्यको टुंगो नलागेको बताए । उनले माओवादीबाट थप एकजना नियुक्त भएपछि १२ सदस्यीय मन्त्रिपरिषद् हुने बताए । 

२५ चैतमा शपथ लिएसँगै तीन दलका तीनजनालाई विनाविभागीय मन्त्री नियुक्त गरेका महराले बिहीबार केही मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् । उनले एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना, माओवादीका दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् । 

एमालेबाट नियुक्त भएका दिनेश पन्थी, भूमिश्वर ढकाल, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री, एकीकृत समाजवादीकी भगवती अधिकारी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । एमालेका नेताहरू केही दिनका लागि काठमाडौं जानुपर्ने भएकाले कार्यविभाजन रोकिएको मन्त्री पुनमगरले बताए । नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीबार नै शपथ लिएका छन् । 

ad
ad