मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय उत्पादनको बजार छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

बागलुङ नगरपालिका– १ बांगेचौरमा चैत्राष्टमी मेलामा आफ्नो हातले बुनेका डाला, नाङ्ला बिक्रीका लागि ६७ वर्षका गादरे बुढा ग्राहकलाई नियालिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिका– ३ जलजलाका बुढा आफ्नै पौरखले चाेयाबाट बुनेका डाला–नाङ्ला लिएर बिक्रीका लागि बागलुङ सदरमुकाम आएका छन् । यहाँ सञ्चालन भएको चैत्राष्टमी मेलामा चाेयाबाट बनेका डाला, डाली र नाङ्ला लिएर उनी बिक्रीका लागि बागलुङ आएका हुन । उनका नजिक मेला भर्न आएका ग्राहक आउँछन्, मूल्य सोध्छन् अनि फर्किन्छन् । 

आफ्नो ठाएँमा आफ्नै हातले निर्माण गरेका स्थानीय वस्तुको बजार खोज्दै बुढाथोकी  बागलुङ सदरमुकाम आएका हुन् । 
कुनै समय स्थानीय उत्पादनको मुख्य व्यापार हुने चैत्राष्टमी मेलामा अहिले स्थानीय वस्तुले बजार पाउन छाडेको छ । पहिलाजस्तो स्थानीय उत्पादनको बजार छैन । गादरे भन्छन्, ‘प्लास्टिकका भाँडाहरूको बढ्दाे प्रयोगसँगै स्थानीय उत्पादनले बजार पाउन छाडेको छ । दिनभरमा १२–१३ वटाभन्दा बढी बिक्री भएको छैन ।’

‘अहिले हाम्रो सीपबाट बनेको वस्तु प्रयोग गर्न नै छाडे ।  झन्डै दुई सय डाला र नाङ्ला लिएर आएका बुढा र सँगै आएका शशिराम सम्धाखादीको व्यापार भने सोचेजस्तो भएको छैन । ‘धेरै परिश्रम गरेर स्थानीय वस्तुको उत्पादन गर्‍याे परिश्रमअनुसारको मूल्य निर्धारण गर्नु नै पर्‍यो,’ बुढाले भने, ‘हामीले उत्पादन गरेको वस्तु किन्नका लागि हिचकिच गर्छन् । आउँछन् मुल्य सोध्छन् फर्किन्छन् । पुस्ताैँदेखि गर्दै आएको पेसा नै संकटमा पर्न लागेको छ ।’

उनले एउटा डालो उत्पादन गर्न तीन दिन लाग्ने र परिश्रमअनुसारको मूल्य निर्धारण गर्दा मेला भर्न आएकाल मूल्य सोध्ने र किन्न नै नखोज्ने बताए । मेलामा बिक्रीका लागि ल्याएका एउटा डालाको ६ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म रहेको बुढाले बताए । ‘हामी धेरै वर्ष पहिलेदेखि यहाँ डाला नाङ्ला, भकारीलगायतका सामग्री उत्पादन गरेर बिक्री गर्न आउने गर्छाैँ । पहिलेपहिले त ल्याउँदाकै दिनमा सकिन्थ्यो,’ बुढाले भने, ‘अहिले व्यापार भएको छैन, दुःख गरेर पनि कमाइ राम्रो हुन सकेको छैन ।’ अब पेसा नै अर्को रोज्नुपर्ला जस्तो भएको छ । सबै मिलेर झन्डै डेढ सय डाला–नाङ्ला ल्याएका छौँ, बिक्री भएन भने फिर्ता लिएर जाने कि सस्तो मूल्यमा छाड्ने दोधारमा  छौँ । ’

उनीहरूले अन्य जिल्लामा नाङ्ला र डालाडाली  ल्याएर जाँदा सम्मान गरेको र उचित स्थान दिएको भन्दै चैतेदसैँ मेलामा व्यवस्थापन राम्रो नभएकोसमेत गुनासो गरे । ‘हामी स्थानीय वस्तु उत्पादन गरेर कमाइभन्दा पनि परम्परालाई धान्ने उद्देश्य लिएर यहाँ बिक्रीका लागि आएका हौँ । मेलामा यसलाई खासै महत्व नदिएको देखियो । सँगै रहेका शशिरामले भने, ‘विगतका वर्षमा हामीले उत्पादन गरेका वस्तुमा नि कर उठाउने गरिन्थ्यो, यस वर्ष भने उठाइएको छैन । दिनभरि घाममा कुरेर बस्यो व्यापारै हुँदैन ।’ 

प्लास्टिकको भाँडाले स्थानीय उत्पादन विस्थापित 
बडिगाडबाट डाला–नाङ्ला लिएर आएका मात्र हाेइन ठेकाठेकी र मादल लिएर आएका पनि आफ्नो पेसा संकटमा पर्दै गएकोमा चिन्तित छन् । मेलामा बिक्रीका लागि काठका भाँडा ठेकाठेकी लिएर आएका चुँदाराहरू पनि आफ्नो पेसा नै संकटमा पर्नेमा चिन्तित छन् । 

बढ्दो प्लास्टिकको भाँडाको प्रयोगले परम्परागत रूपमा निर्माण गरिने काठको भाँडो लोप हुन थालेका छन् । यसले पुर्ख्याैली सम्पदानै संकटमा परेको छ।  सस्तो मूल्यमा बजारमा प्लास्टिकको भाँडावर्तन उपलब्ध हुन थालेपछि  मिहिनेत गरेर बनाएको काठका ठेका भाँडा र चोयाबाट बनेका डाला–नाङ्ला हराउन थालेका हुन् ।

‘पहिलेको जस्तो छैन, समय फेरियो, अब यसरी बनाएका भाँडाहरू बिक्री हुन छाडिसक्यो, नियमित प्रयोगका लागि भन्दा पनि घरायसी सजावटका लागि किन्न थालेका छन्,’ युवा व्यवसायी बालकृष्ण शर्मा भन्छन्, ‘पुर्ख्याैली भाँडाकुँडा भावी पुस्ताले त भुल्ने हुन् कि त्याे चिन्ता छ ।’