मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुहाङले हारे घाटा इलामलाई हुन्छ : अध्यक्ष ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासका लागि एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन्। उनले इलाम क्षेत्र नम्बर २ मा निरन्तर जित हासिल गर्दै आएका सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउनुपर्ने बताए।

बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै १५ वैशाखमा हुने उपनिर्वाचनमा देश बनाउन सुहाङलाई जिताउन आग्रह गरे। उनले सुहाङले हारे इलामलाई घाटा हुने बताए। 

‘हामीले सुवास नेम्वाङ उद्देश्यलाई अघि बढाउने संकल्प र अठोट गरेका छौँ। सुहाङ आफ्ना पिताले अघि बढाएको इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर आएका हुन्,’ ओलीले भने, ‘यहाँबाट चुनाव हार्दा उसलाई घाटा पर्दैन। तर, इलामलाई घाटा पर्छ। इलामले घाटा व्यहोर्नुहुँदैन। यस्तै, कर्मठ युवालाई जिताउनुपर्छ। जित्ने कुरा ठूलो छैन। जितिन्छ नै। तर, अत्याधिक मतले जिताउनुपर्छ।’

उनले माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपालगायत दलले एमालेले देश बनाउने संकल्प लिएकै कारण एमाले उम्मेदवारलाई समर्थन गरेको दाबी गरे। उनले पैसा कमाउनका लागि सुहाङ राजनीतिमा  नआएको स्पष्ट पारे।  

‘सुहाङले नेकपा एमालेलाई सम्पत्ति कमाएर थुपार्न हैन। यो ठाउँ बनाउनका लागि हो। विकास गर्नका लागि हो। आफ्ना निम्ति सम्पत्ति कमाउन भए त एउटा बहस गर्दा २०/५० हजार यसै आइहाल्छ,’ ओलीले थपे, ‘पैसा कमाउन यत्रो ओरालो र उकालो किन कुद्नपर्छ? सुहाङ पैसा कमाउन खाँचो भएर उकालो ओरालो हिँडेको हैन इलामको विकासका लागि हो।’ 

उनले इलामले सुहाङलाई जिताएर पठाए सुहाङ र इलामको विकासको जिम्मा एमालेले लिने बताए। ‘यहाँबाट पाएका प्रतिनिधिले संविधान दिए। अर्को प्रतिनिधि पठाउनुस् त्यतिकै महत्त्वपूर्ण कुरा दिनेछन्। सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ,  म लिन्छु,’ उनले भने, ‘यहाँको विकासको जिम्मा म लिन्छु। भोट सुहाङलाई दिनुस्।’

टुप्पामा बसेर राजनीति गर्नेसँग लोभ गर्न नहुने पनि ओलीले बताए। उनले सुहाङले एक पैसा तल-माथि नगरी जनताको पक्षमा दैनिक १८ घण्टा काम गर्ने दाबी पनि गरे। सुहाङ सुवासचन्द्र नेम्वाङका छोरा मात्र नभई कानुनमा स्नातकोत्तर गरेका विद्वान भएको बताए। उनले एमाले युवाहरूको पार्टी भएको दाबी गरे।