Skip This
विश्ववरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ५ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्ववरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार १६:२८:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्ववरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्। 

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन्। त्यस्तै, कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन्।