१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु [तस्बिरसहित]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

वर्षा र सहकालका देवता मानिएका सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि काठमाडौंमा सुरु भएको छ। मंगलबार बेलुकी रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मत्स्येन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशालाअगाडिको रथसम्म ल्याइएको थियो।

यसरी ल्याइएको मत्स्येन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि बनाइएको रथमा आरोहण गराइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ। काठमाडौंको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मत्स्येन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।

आज पहिलो दिन सेतो मत्स्येन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइन्छ। अर्को दिन असनबाट हनुमानढोका अगाडिसम्म र  त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मत्स्येन्द्रनाथको रथ तानेर हनुमानढोकाबाट लगनसम्म लैजाने चलन छ। रथ लगनमा पुगेपछि त्यहाँ रहेको मत्स्येन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ।

मच्छिन्द्रनाथको रथ लगनटोलमा पुगेपछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगनचोकमा जात्रा देखाउने चलन छ।