१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

शृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ।

निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

कास्कीको रूपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भए पनि उनी संसार छाडी बिदा भएका छन्।

उनकाे बुधबार दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन्।

प्रकटको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ...’ भन्ने गीत निकै चर्चित छ। १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन्।

साहित्य साधनामा ३० को दशकदेखि क्रियाशील प्रकट ०३९ सालमा भएको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेता घोषित भएका थिए। आफ्नाे जन्मगाउँ रूपामा फार्म र कटेज सञ्चालनको तयारीमा जुटिरहेका प्रकट नफर्कने गरी बिदा भएका छन्।