१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँले पुनः आह्वान गरेका छन्। यसअघि तोकिएको मितिमा परेका दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार आह्वान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुनः दाबी पेस गर्न वैशाख ६ गते बेलुकी ५ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका थिए। दुई गठबन्धनको तर्फबाट नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक–फरक दाबी पेस गरेका थिए।