मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पूर्वशिक्षकको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्।

पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्यसहित बालकथा प्रकाशन गरेको बताए। कथासंग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ।

पण्डितका अनुसार कथाहरूमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरताजस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन्।

साहित्यकार पण्डितको यसअघि तिजको सौगात (गीतसंग्रह), तुलसी रस (कवितासंग्रह), लोकगीत मञ्जरी (गीति कवितासंग्रह), तुलसीपत्र (कवितासंग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरंग (गीति कवितासंग्रह) प्रकाशित भइसकेका छन्।