१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शान्ता कमली काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटन प्रवर्द्धन गर्न हाइकिङ र साइक्लिङ

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:५९:oo

नयाँ वर्ष एवं चैतेदसैँ मेला एवं धार्मिक उत्सवका अवसरमा हाइकिङ (पदयात्रा), साइक्लिङ गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको पहिलो दिन लमजुङ दरबारदेखि पुरानोकोट गढी स्तूपासम्म हाइकिङ, साइक्लिङ गरिएको हो । 

करिब डेढ घण्टाको सो यात्रामा स्वैच्छिक पदयात्रीको सहभागिता रहेको थियो । ऐतिहासिक गढीक्षेत्र र स्तूपा पुगेर पदयात्रीबीच राजारानी दरबारका भग्नावशेष, स्तूपा, चण्डीथान, जलदेवीथान अवलोकन, लालीगुराँसको जंगल घुमफिर र वरिपरिका मनोरम दृश्यावलोकन गरिएको लायन्स क्लब अफ लमजुङ बेँसीसहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधानले बताए । उनका अनुसार गाउँसहर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो । 

यसैगरी लमजुङ साइक्लिङ संघले पुरानोकोट गढी स्तूपाबाट बेँसीसहरसम्म सामूहिक साइक्लिङ गरेको छ । आठौँ लमजुङ महोत्सवका अवसरमा जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै साइक्लिङ सम्भावना उजागर गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको साइक्लिङ संघका संयोजक ध्रुवराम प्रधानले बताए । 

ऐतिहासिक गढीक्षेत्र, स्तूपा घुमफिरसँगै साइक्लिङ गरेर काउलेपानी होमस्टे, मन्दिर, लमजुङ दरबार, चण्डीथान, बेँसीसहर बजार हुँदै सहजीस्थित लमजुङ महोत्सवस्थलसम्म साइक्लिङ गरिएको प्रधान बताउँछन् । महोत्सवस्थलमा उनीहरूलाई बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र लमजुङ उद्योग वाणिज्य संघका पदाधिकारीले स्वागत गरेका थिए । त्यसैगरी काउलेपानीस्थित होमस्टे तथा पर्यटन समिति र लायन्स क्लबका पदाधिकारीले स्वागत गरेका थिए ।

ad
ad