मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच एक घण्टा भेटवार्ता

प्रचण्ड र खनालबीचको वार्ता अर्थपूर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झनलाथ खनालबीच एक घण्टा वार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड र खनालबीच एक घण्टा वार्ता भएको हो। एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि सत्तागठबन्धनभित्र हलचल पैदा भएको छ। 

केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धनमा संशय पैदा भएको छ । वाम सहकार्य र सुदूरपश्चिमको घटनाक्रमबारे दुई नेताबीच छलफल भएको बताइएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । यस्तो अवस्थामा प्रचण्ड र खनालको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।