१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

हङकङविरुद्ध नेपालको सहज जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:१८:oo

एसिसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालले सहज जित निकालेको छ। एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल आठ विकेटले विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ एक सय १४ रन बनाएर अलआउट भएको थियो। ओमानको अल अमिरात क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङ एक बलअगावै अलआउट भएको हो। १२.२ ओभरमा दुई विकेट गुमाएर नेपालले एक सय १७ रन बनाएर लक्ष्य पूरा गरेको हो।

हङकङका लागि अन्सी राथले सर्वाधिक ३४ रन जोड्दा जिसान अली १४, निजाकत खान १२ र एहसान खान ११ रन बनाएर पेभेलियन फर्किए। हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्न अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए। चार ओभर बलिङ गरेका ललित निकै किफायती साबित भए। उनले एक मेडन गर्दै १४ रन मात्र खर्चिए।

नेपालको जितमा ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाउँदा कुशल भुर्तेलले ३२ रन बनाए। आसिफले तीन चौका र तीन छक्का तथा भुर्तेलले तीन चौका र दुई छक्का हानेका थिए।

ओपनरद्वय पेभेलियन फर्किएपछि क्रिजमा आएका रोहित पौडेल र सन्दीप जोराले नटआउट क्रमशः २५ र १९ रनको योगदान गरे। 

पहिलो खेलमा नेपाल मलेसियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो। शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

ad
ad