१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१८:oo

नेपाली औद्योगिक क्षेत्रका लागि  वर्ष २०८० कस्तो रह्यो ?
बितेको वर्ष २०८० औद्योगिक क्षेत्रका लागि ज्यादै निराशाजनक रह्यो । उद्योगको सबैभन्दा ठूलो क्रेता सरकार हो । तर, सरकारले ठूलो रकम लाग्ने निर्माण क्षेत्रमा खर्च गर्नै सकेन । जसले गर्दा औद्योगिक उत्पादन बिकेनन् । परिणामतः अधिकांश ठूला उद्योग ३०–३५ प्रतिशतभन्दा बढी क्षमतामा चल्न सकेनन् । यसले गर्दा अधिकांश उद्योग घाटामा गए । त्यसैले, औद्योगिक क्षेत्रका लागि वर्ष २०८० बिर्सनलायक रह्यो । 

वर्ष २०८० मा औद्योगिक क्षेत्रले झेलेका मुख्यमुख्य समस्या के–के हुन् ?
अर्थतन्त्रको शिथिलताले गर्दा सरकार र जनताले खर्च गर्नै सकेनन् । यसको सबैभन्दा ठूलो मार औद्योगिक क्षेत्रमा प¥यो । विदेशी मुद्राको सीमितताले गर्दा आयातमा कडाइ गरियो । बैंकको ब्याज बढ्यो । अर्थतन्त्र शिथिल भएको हल्लासँगै मानिसहरू ‘सेभिङ मुड’मा गए । जसले गर्दा सेयरबजार निकै खस्कियो । जमिनको भाउ पनि घट्यो । जसले गर्दा बैंकको साँवाब्याज भुक्तानी गर्नसमेत कठिन भयो । सम्पत्ति बिक्री गरेर कर्जा तिर्न सक्ने अवस्था पनि रहेन । झन् वर्षको अन्त्यतिर थपिएको लोडसेडिङको मारले धर्मराइरहेका उद्योग धराशायी हुने अवस्थामा पुगेका छन् । 

वर्ष २०८१ मा नेपाली औद्योगिक क्षेत्रका  के–कस्ता अपेक्षा छन् ?
सबैभन्दा पहिले राज्यले खर्च गर्नुपर्‍यो । स्वदेशी उत्पादन खपत हुने निर्माणमा पैसा खर्च गर्नुपर्छ । प्रविधिमा अर्बौँ खर्च गर्न छाडेर बाटोघाटो, पुल–पुलेसा निर्माणमा खर्च गरियो भने यसबाट उद्योग पनि चल्छन्, रोजगारी पनि बढ्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ । 

ad
ad