१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषकलाई धेरै क्षति पहिरोबाट

कृषि उत्पादन क्षति गर्ने जनावरमा बाँदर र दुम्सी अगाडि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२९:oo

कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति बाढीपहिरोबाट हुने गरेको पाइएको छ । आइतबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना ०७८ को प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयले ६ वैशाख ०७९ देखि जेठ १९ सम्म ४५ दिन लगाएर तथ्यांक संकलन गरेको थियो । नेपालका सात सय ५३ वटै पालिकाका ६ हजार ३६ वडाको करिब ९० प्रतिशत स्थानमा पुगेर भूउपयोग, सामाजिक–आर्थिक अवस्था, वडामा उपलब्ध सामुदायिक सेवा–सुविधाका विषयमा अध्ययन गरेको थियो । अध्ययनमा सार्वजनिक चौरचरन, वन, खाली जग्गा, भूउपयोग, कृषि कामदारको अवस्था, कृषिजन्य फोहोर व्यवस्थापन, कृषिमा जंगली जनावरले पुर्‍याएको क्षतिलगायत विविध विषयवस्तु समेटिएका छन् ।

सार्वजनिक प्रतिवेदनअनुसार गणना गरिएका वडामध्ये तीन हजार सात सय ७० वडामा प्रमुख विपत्तिका रूपमा बाढी देखिएको छ । दोस्रोमा प्रमुख विपद्का रूपमा पहिरो दुई हजार आठ सय ६९ र तेस्रोमा हावाहुरी दुई हजार सात सय ८३ समस्याका रूपमा रहेको छ । त्यस्तै, रोगकिराको प्रकोप एक हजार नौ सय ९१ वडामा, असिना १५ सय २९, खडेरी एक हजार चार सय ७० र आगलागी १४ सय ४४ र शीतलहर–तुसारोले पाँच सय २९ वडा रहेका छन् । कृषिजन्य उत्पादन तथा पशुपक्षीमा क्षति पुर्‍याउने जंगली जनावरमा बाँदर र दुम्सी सबैभन्दा अग्रपंक्तिमा रहेको अध्ययनले देखाएको छ । 

गणना गरिएका ६ हजार ३६ वडाहरूमध्ये सबैभन्दा बढी तीन हजार नौ सय २७ वडामा बाँदरले कृषिजन्य उत्पादनमा नोक्सान पुर्‍याएको छ । बाँदरपछि धेरै नोक्सानी पुर्‍याउनेमा दुम्सी, स्याल र बँदेल रहेका छन् । दुम्सीले दुई हजार सात सय ५२, स्यालले दुई हजार पाँच सय ३४ र बँदेलले दुई हजार तीन सय ६२ वडामा नोक्सानी पुर्‍याएको अध्ययनले देखाएको छ । यसैगरी, मृगले एक हजार ६ सय ६८, बाघ र चितुवाले एक हजार चार सय ९२, वनबिरालोले एक हजार चार सय ४०, लोखर्केले एक हजार दुई ३५ ठाउँमा क्षति पु¥याएको छ । मधेश प्रदेशको बढी वडामा नोक्सान पुर्‍याउनेमा भने बँदेल रहेको छ । 

 कृषि कामदारको चरम अभाव 
पछिल्लो समय युवाहरूको विदेश पलायन र सहरीकरणले सामुदायिकस्तरमा कृषि कामदारको चरम अभाव देखिएको छ । विवरण संकलन गरिएका वडाहरूमध्ये तीन वर्षमा ४० प्रतिशत वडाहरूमा कृषि कामदारको अभाव भएको छ । मधेश प्रदेशमा ६२ प्रतिशत वडामा कृषि कामदारको अभाव भएको प्रतिवेदनमा उल्लेख छ । कृषि कामदारको कम अभाव हुने प्रदेशमा कर्णाली रहेको छ । उक्त प्रदेशमा गणना गरिएको वडामध्ये ८३ अर्थात् १३ प्रतिशत वडामा कृषि कामदार अभाव रहेका छन् । कोशी प्रदेशमा चार सय ८५, बागमती प्रदेशमा तीन सय ९७ गण्डकीमा तीन सय पाँच  लुम्बिनी प्रदेशमा तीन सय ३७ सुदूरपश्चिममा ९७ वडामा कृषि कामदारको अभाव हुने गरेको पाइएको छ । 

 पुरुषलाई बढी ज्याला
कृषि कामदारको औसत ज्यालामा महिलाको तुलनामा पुरुषलाई बढी रहेको पाइएको छ । प्रतिवेदनअनुसार महिला कामदारलाई पाँच सय ३१ रुपैयाँ दैनिक ज्याला र पुरुषलाई ६ सय ६५ रुपैयाँ रहेको छ । प्रदेशगत रूपमा तुलना गर्दा महिला र पुरुष दुवै प्रकारको दैनिक औसत ज्यालादर सबैभन्दा बढी बागमतीमा ६ सय पाँच र आठ सय १० रहेको छ, सबैभन्दा कम चार सय ७७ र पाँच सय ५७ मधेश प्रदेशमा रहेको छ । कोशी प्रदेशमा चार सय ८८ रुपैयाँ र पुरुषलाई ६ सय आठ रहेको छ । गण्डकीमा पाँच सय ५० र आठ सय आठ, लुम्बिनीमा पाँच सय ११ र ६ सय २१, सुदूरपश्चिम प्रदेशमा पाँच सय ३८ र ६ सय एक पाइएको छ । 

 बाह्रै महिना मोटर चल्ने सडकमा मधेश अगाडि
बाह्रै महिना मोटर चल्ने सडक रहेको प्रदेशमा मधेश अगाडि देखिएको छ । गणना गरिएका वडामध्ये चार हजार दुई सय २९ (७० प्रतिशत) वडामा बाह्रै महिना मोटर चल्ने सडक रहेका छन् ।प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णालीमा सबैभन्दा कम वडामा मोटर चल्ने सडकको संरचना रहेको छ । मधेश प्रदेशमा यस्ता वडाहरूको संख्या ८३ प्रतिशत र कर्णाली प्रदेशमा ३७ प्रतिशत रहेको छ । कोशीमा सात सय ५१, बागमतीमा ६ सय ९७, गण्डकीमा पाँच सय तीन र सुदूरपश्चिममा तीन सय ४० वडाहरू रहेको प्रतिवेदनमा उल्लेख छ । 

विषादी प्रयोगमा कृषक आंशिक सचेत 
उत्पादन गरिएका बालीमा प्रयोग भएका विषादीका बारेमा आंशिक सचेत किसानको संख्या बढी देखिएको छ । गणना गरिएको ६ हजार ३६ वडामध्ये तीन हजार ६ सय ५३ अर्थात् ६० दशमलव ५ प्रतिशत वडाका कृषक तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा आंशिक सचेत देखिएका छन् । विषादीबारे सचेत कृषकहरू भने २८ दशमलव ८ प्रतिशत रहेका छन् । त्यस्तै, ६ सय ४६ वडा अर्थात् १० दशमलव ७ प्रतिशत वडाका किसान विषादी प्रयोगबारे सचेत नरहेको बताएका छन् । 

प्रदेशगत रूपमा सबैभन्दा बढी सचेत कृषक रहेका वडाहरूमा गण्डकीमा ३६ दशमलव ८ प्रतिशत, बागमतीमा ३६ दशमलव ४, लुम्बिनीमा ३० दशमलव ८,  कर्णालीमा ३० दशमलव ७, कोशीमा २७ दशमलव ४, मधेशमा २१ दशमलव २, र सुदूरपश्चिममा २० दशमलव ७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । 

ad
ad