१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मध्यतमोरको ७३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:o२:oo

ताप्लेजुङमा सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्यतमोर जलविद्युत् आयोजनाको ७३ मेगावाट विद्युत् कोशी करिडोर सबस्टेसनमा जडान गरिएको छ।

आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले मध्यतमोर जलविद्युत्आ योजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारणलाइनको कोशी करिडोरमा जोडिएको जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभिए क्षमताको कोशी कोरिडोर सबस्टेसनमार्फत मध्यतमोरको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको डा. पोख्रेलले बताए। प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्यतमोरबाट उत्पादित विद्युत् कोशी करिडोरमा जडान गरी परीक्षण गरिएको उनले बताए। 

कोशी कोरिडोरमार्फत विद्युत् जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्यतमोरको विद्युत् पूर्ण रूपले राष्ट्रिय प्रसारणलाइनमा समाहित हुने छ।

नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोर सबस्टेसनमार्फत नै राष्ट्रिय प्रसारणलाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ। आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सबस्टेसनसम्म प्रसारणलाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना निर्माण सम्पन्न भएसँगै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा समाहित हुने भएको हो। 

यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना थियो।  कोशी कोरिडोरअन्तर्गत ढुंगेसाँघु सबस्टेसनको क्षमता सुरुमा २२० केभिए भने पनि पछि १३२ केभिए मात्र भएपछि मध्यतमोर आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुरसम्म पुर्‍याई राष्ट्रिय प्रसारणलाइनमा जडान गर्नुपरेको हो।  

मध्यतमोर जलविद्युत् आयोजनास्थल भने फक्ताङलुङ गाउँपालिका– १ सावादिन, मिक्वाखोला गाउँपालिका– २ खोक्लिङ तथा फुङलिङ नगरपालिकाको वडा ९ हाङ्देवा र १० फुरुम्बुमा पर्दछ। फुरुम्बुस्थित मित्लुङ क्षेत्रबाट ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब तीन हजार चार सय मिटर लामो सुरुङमार्फत खोक्लिङको थुम्बा बेँसीमा विद्युतगृह निर्माण गरिएको डा. पोख्रेलले बताए।

ad
ad