१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रशान्तको ‘सारंग’मा ऋचा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिबबीचको खाडलको विषयमा फिल्म ‘सारंग’ निर्माण हुने भएको छ। बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरी निर्माण पक्षले फिल्मबारे जानकारी दिएको हो।

कोरियोग्राफरको रूपमा समेत परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के. राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्नेछन्।

दर्शन बुद्ध फिल्मसकाे ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन्। मित्रध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ।

फिल्म बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ।