मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १o:२५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भ्रष्टाचार मुद्दामा दोषी भियतनामी व्यापारीलाई मृत्युदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२५:oo

एकजना भियतनामी घरजग्गा व्यापारीलाई देशको सबैभन्दा ठूलो जालसाजी मुद्दामा संलग्नता भएकोमा मृत्युदण्डको सजाय दिइएको छ । घरजग्गा निर्माता भान थिन्ह फाटकी अध्यक्ष ट्रुओङ माईलाई बिहीबार घुसखोरी, रकम हिनामिना र बैंकिङ नियम उल्लंघनको मुद्दामा दोषी पाइएकी थिइन् ।

देशमा व्यापक चर्चा पाएको यस प्रकरणमा ६७ वर्षीया लानले झन्डै १२.५ अर्ब डलर रकम हिनामिना गरेको अनुसन्धानबाट देखिएको भए पनि यस घोटालामा कुल २७ अर्ब डलरको क्षति पुगेको अभियोजनकर्ताले मिडियालाई बताएका छन् । 

लानले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट अनधिकृत रूपमा अर्बौँ डलर रकम निकाले पनि पाइएको थियो । लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको, तर तीमध्ये २७ अर्ब फिर्ता हुन कठिन रहेको अभियोजनकर्ताले बताएका छन् । देशमा सबैभन्दा ठूलो यस प्रकरणबाट ४२ हजार पीडित भएका छन् । अभियोजनकर्ताले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ ।

बिबिसीका अनुसार यस प्रकरणमा २७ सयको बयान लिइएको थियो । १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन् । लानविरुद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा जम्मा गरिएको थियो ।