१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राक्सिराङमा चट्याङ लागेर दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:४७:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ८ धुसबगरमा बिहीबार राति परेको चट्याङ लागेर दुईजना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय अन्दाजी ३४ वर्षकी सुस्मिता घलान र १५ वर्षका सुवास घलान रहेको बागमती प्रदेश प्रहरी कार्यलय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार दुवैजनको शरीरको भित्री भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ। घाइते दुवैजनाको मनहरी अस्पतालमा सामान्य उपचारपछि चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । चट्याङ लागेर स्थानीय तिलकबहादुर घलानको गोठमा बाँधेको एउटा बाख्रा मरेको छ ।

ad
ad