१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १७ सोमबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करेन्ट लागेर ट्रयाक्टरचालकको ज्यान गयो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४६:oo

सर्लाहीको ब्रह्मपुरीमा करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टरचालकको ज्यान गएको छ । शुक्रबार बिहान चैतेधान रोप्न खेत बनाउँदै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर  खेत ट्रयाक्टरचालकको ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार ज.१त ४११४ नम्बरको ट्रयाक्टरचालक ब्रह्मपुरी गाउँपालिका– २ निवासी २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी पटाइरहेको मोटरबाट करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर बनेका पासवानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । 

ad
ad