Skip This
सर्लाहीको मलंगवाबाट ५३ राउन्ड गोली बरामद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २९ बिहीबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o चैत २९ बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीको मलंगवाबाट ५३ राउन्ड गोली बरामद

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o चैत २९ बिहीबार १६:५२:oo

सर्लाहीको मलंगवा नगरपालिकाबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ। बिहीबार मलंगवा– ८ गोरखकालीनजिकैबाट लुकाएर राखेको अवस्थामा ५३ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

स्थानीय चन्द्रभूषण यादवको घरअगाडि खाल्डो खनेर गाडेको अवस्थामा गोली रहेको सूचना पाएपछि जिल्ला प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो। खानतलासी गर्ने क्रममा यादवको घर भाडा लिएर ईश्वरपुर नगरपालिका– ५ निवासी विजय महतोले सञ्चालन गरेको मोटरसाइकल वर्कसपको कवाड सामान राखेको ठाउँबाट गोली बरामद भएको हो।

गोली सुन प्याक गर्ने पर्समा राखेर ६–७ इन्च गहिरो खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट केएफ ७.६५ लेखिएको गोली बरामद भएको प्रहरीले जनाएको छ। बरामद गोलीको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।