१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५८:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेपालगन्जमा इस्लाम धर्मावलम्बीले गरे इदको विशेष नमाज पाठ (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

अरबी पात्रोअनुसार दशाैँ महिनाको पहिलो दिन बिहीबार बाँकेका मुस्लिम समुदायले नेपालगन्जस्थित बिपी चोकमा विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएका छन्। इद उल फित्र (इद) पर्वको अवसरमा बिहानै इदगाहमा भेला भएका ठूलो संख्याका इस्लाम धर्मावलम्बीले विशेष नमाज पाठ गरिसकेपछि एक–आपसमा अंकमाल गरी शुभकामना आदान–प्रदान गरे।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको धार्मिक गुरु मौलाना जब्बार मञ्जरीले बताए। उनका अनुसार अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि भोलिपल्ट इद उल फित्र मनाइन्छ।

‘दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ। पश्चिम एसियाली मुलुकमा मंगलबार चन्द्रमा देखियो, नेपालमा बुधबार देखिएकाले बिहीबार इद उल फित्र पर्व मनाइएको हो,’ मुस्लिम अगुवा अब्दुल हमिद सिद्धिकी (भोला)ले बताए। यो पर्व हरेक वर्गका मुस्लिमले मिठो–मसिनो खाई मनाउने गर्छन्।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सोबराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ। यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ। इद उल फित्रको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ। हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ। स्नान गरेर नयाँ कपडा पहिरिएर इदगाह पुगेका बाँकेका इस्लाम धर्मावलम्बीले विधिपूर्वक नमाज पाठ गरेका थिए। अहिले घरमा पकाएको मिठो–मसिनो खाने र एक–आपसमा शुभकामना आदान–प्रदान गरिरहेका छन्।

‘विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडाकहाँ गई आशीर्वाद लिइएको छ। सानालाई आशीर्वाद दिइएको छ। यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ। पाहुनालाई सेवई र लछा (घिउमा भुटेर बनाइएको सेवई) खुवाइन्छ,’ मुस्लिम अगुवा मुनिर खाँले भने।