१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, तीन अर्ब ४८ करोडकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १०.७१ अंकले घटेर दुई हजार २५.३० को विन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता सेयर ६१ हजार चार सय २० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह ०.१३ र व्यापार समूह १.४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह २.५० प्रतिशतले घटेको छ।

बैंकिङ ०.०३, विकास बैंक १.२५, होटेल तथा पर्यटन १.६७, जलविद्युत् ०.०४ र लगानी ०.४० प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा समूह १.२५, लघुवित्त १.१५, म्युचुअल फन्ड ०.७३, निर्जीवन बिमा समूह १.०४ र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ।

मान्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.६९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिँगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. १२ करोड ५४ लाख ८८ हजारबराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता सेयर किनबेच भएको छ।