मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षकाे निर्वाचन प्रक्रिया सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

राष्ट्रिय सभाकाे नयाँ उपाध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया सुरु भएकाे छ।

राष्ट्रिय सभाको नयाँ उपाध्यक्षमा एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्। एमाले उम्मेदवार घिमिरेलाई सत्ताघटकका दलहरूको साथ रहेकाले उनको जित सुनिश्चित देखिएको छ।

सत्तागठबन्धनमै रहेको एकीकृत समाजवादीले भने कसैलाई मतदान नगर्ने जनाएको छ। ५८ सदस्यीय सभामा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक पर्छ। सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका ९, एकीकृत समाजवादीका आठ र जसपाका चार गरी ३९ सांसद छन्। वामदेव गौतमसमेत जोड्दा यो संख्या ४० पुग्छ। समाजवादीका आठ सांसदले मतदान नगरे पनि एमाले उम्मेदवार घिमिरेको पक्षमा बहुमत देखिएको छ।